Saturday, September 13, 2014

पुतलीको प्रेम

'मलाई बाले टीका लाएर दिएको यो पैसा छ। तिमीलाई बाटो खर्च चाहिन्छ, लैजाऊ!' चोलीको भित्रबाट दश रुपैयाँको नोट निकाल्दै पुतलीले भनी-'शहर गएर मलाई बिर्सने चैं होइन नि!' चामेले गम्भीर हुँदै भन्यो-'धत् लाटी, तिमीलाई पनि बिर्सौंला त! ल म हिंडें।' शहर पसेको महिना अनि बर्ष बिते तर चामे आएन न त खबरै पठायो। पुतलीले मन्दिर धाई, ज्योतिषी देखाई, पूजा-ब्रत बसी, जाने सुनेका सबै कुरा गरी! तर न त उस्को बारेमा खबर पाई न त ठेगाना नै! आशा त थियो नै-उसले गरेको पवित्र प्रेमको प्रतिफल पाइन्छ भनेर!धेरै बर्षपछी चामेको चिट्ठी आइपुग्यो आज, त्यस्मा लेखिएको थियो-'पुतली, मैले शहरकीलाई बिहे गरें; तिमी आफ्नो खुशी गर - च्याम सिंह!'

No comments: