Saturday, September 13, 2014

सपनाकी सुपर-चोर

सिनेमा हेर्न टिकट किन्ने लाइनमा बसें बिश्वज्योतिको टिकट घरमा। टिकट-म्यानलाई सोधें बाल्कोनीको टिकट छ? उसले-छ भन्दै पैसा माग्यो। खल्तीबाट मनी-ब्याग निकालें। तेस्मा केही पैसा, क्रेडीट कार्डहरू, युनिभर्सिटीको परिचय पत्र र ड्राइवर लाइसेन्स पनि थिए। छेवैमा एउटा सार्है सुन्दरी केटी पनि लाइनमा बसेकी थिई टिकट काट्न। मैले मनी-ब्याग निकालेको देखेर उसले मलाई हेरेर मुसुक्क मुस्काउँदै सोधी यो तिम्रो ड्राइवर लाइसेन्स हो? म त जिल्ल परें; मेरो बन्द मनी-ब्यागभित्रको ड्राइवर लाइसेन्स उसको हातमा! म हेरेको हेर्यै भएँ। तर तिमीले यो कसरी गर्यौ हँ? उसले भनी-चोरै भए पनि 'सुपर-चोर' हुनुपर्छ म जस्तो; यो सबै मेरो मुस्कानको कमाल हो। थप बार्तालाप गर्न नपाउँदै ब्युझिएँछु।

No comments: