Saturday, September 13, 2014

प्रतिष्ठाको नयाँ परिभाषा

तेरो छोरो हिजोआज के गर्छ ए चामे? टोल-छिमेकमा देखिंदैन नि ! मुखियाले सोधे। चामे आज सधैंको जस्तो थिएन, बडो रवाफी भाषामा बोल्यो-के भन्छौ हो मुखिया बा, अब तिमीले हामीलाई होच्याउने दिन गए। अहिले त मेरो छोरो बिदेश गाको छ बिदेश! तिमीलाई अझै थाहा छैन? एक बर्ष पो भइसकयो त! अहिले त उसले घरमै नअटाउने टि. भी. पठाको छ, त्यो टि. भी. मा त राम्रा-राम्रा तरुनीहरू पो आउँछन् है बाबै। बरु तिमी पनि हेर्न आऊ! उसले त भाइलाई आइप्याड हो कि के भन्ने पनि पठाइदेको छ। अरु साना-तिना कुरा त कति-कति! ए हो र, काम चाँही के गर्दो रै छ नि तिम्रो छोरो? मुखियाको बोलि भुईंमा खसेको मात्र के थियो चामेले दाहिने हातको चोर औंला ठड्याउँदै भन्यो-मेरो छोरो तिम्रो छोरो जस्तो घुस्याहा होइन मुखिया बा, ऊ त ग्याँसमा गर्छ रे ग्याँसमा! समयले अब भने कोल्टो फेरेछ भन्ठान्दै टाउको निहुराएर बिना जवाफ मुखिया घरतिर लागे।
NOTE: कसैको ब्यक्तिगत जीवनसँग मेल खान गएमा सँयोग मात्र ठहरिनेछ।

No comments: