सबै अङ्ग उत्तिकै महत्वका छन्
तर घुँडाहरू बिशेष महत्वका छन्! ** घुँडा खुम्च्याएर उफ्रिनेहरू धेरै उचाइमा पुग्छन्! नउफ्रिंदा पनि ठिकै छ, घुँडाहरूले शरीरको भार थाम्छन्। ** घुँडा टेकेर प्रार्थना गरिए ईश्वर खुशी हुन्छन्। घुँडा टेकी टीका थापे प्रभूजीहरू खुसी हुन्छन् पद र प्रतिष्ठाहरू तरक्कीमा पर्छन्! ** यसरी वैज्ञानिक ढंगले वा सामाजिक सोचाइले घुँडाको मह्त्व असीमित छ। कहिले काहीँ फाइदाको लागि टेके पनि डाक्टरहरू सधैं घुँडा टेक्नु हुन्न भन्छन् नत्र यी घुँडाका हड्डीहरू सबै खिइन्छन्! **
October 27, 2018
|
Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Tuesday, December 25, 2018
फर्केर हेर्दा
फर्केर हेर्दा-१०: कक्षामा पढाउँदा म सकेसम्म बिषय बस्तुलाई जीवन, समाज वा वरिपरिको वातावरणसँग जोड्न खोज्छु। हिजो त्यस्तै भो। एस्ट्रोफिजिक्सको कक्षामा स्टार-गेजिङ् वा ताराहरूको अवलोकन गर्न पनि सिकाउँनु पर्यो भनी ठानें र सोधें: 'व्हाट इज द स्टार क्लोज टू द नर्थ सेलेस्टियल पोल?' केही विध्यार्थीहरूले सही जवाफ दिए-'पोलरिस'! मैले भनें -'ग्रेट!' अनि थपें-'यू नो, वेरिअस एस्ट्रोनोमिकल फेनोमेना आर डीपली कनेक्टेड टू डिफ्रेन्ट कल्चर्स! फर एग्ज्याम्पल: इन माइ कल्चर, द ब्राइडग्रूम शुड शो द पोल स्टार टू हिज् ब्राइड ड्युरिङ्ग द म्यारिज सेरमोनी!' विध्यार्थीहरूले चाख दिएरै सुने।
*
मैले पनि त्यसो गरेको दुई दशक भन्दा बढी पो बितिसकेछ बाबै! विवाहा गराउँने पण्डितले मन्त्र पढ्दै भन्नु भएको थियो- अब बेहुलाले बेहुलीलाई ध्रुब तारा देखाउँनु पर्यो। छेवैमा घुम्टी ओडेर बसेकी मेरी बेहुलीलाई मैले 'उ... त्यहाँ हेर त ... ध्रुब तारा! देख्यौ?' उनीले देखिन् वा देखिनन् तर मैले हाम्रो यो वैवाहिक बन्धन ध्रुब तारा जस्तै अटल र अमर रहनेछ भन्दै ध्रुब तारा देखाउँने मेरो जिम्मेवारी पूरा गरेको थिएँ।
**
**
January 12, 2019
_________________
**
फर्केर हेर्दा-९: त्यतिखेर हामी ४ वा ५ कक्षामा पढ्थ्यौं। हरेक दिनको पहिलो कक्षामा पढाइ शुरु गर्नु अगाडि 'सर'ले हाजिरी बोलाउँनु हुन्थ्यो यसरी- रोल नं-१, रोल नं -२ , रोल नं -३, ... । हामीहरू आफ्नो पालोमा 'ए सर!', 'हाजिर सर!' भन्दै जान्थ्यौं। अंग्रेजीमा फूर्ती लाउँनेहरूले 'प्रेजेन्ट सर!' पनि भन्ने गर्थे। एकदिन को कुरा हो-नयाँँ सर आउँनुभो र हाजिरी बोलाउँन थाल्नु भो। छेउमा बसेका साथीले उनको पालोमा अक्मकाउँदै 'ए हजुरबा!' भने। नयाँँ सर नाताले उनका हजुरबा रहेछन्। सरले हाजिरी बोलाउँने क्रम रोकेर साथीलाई सम्झाउँनुभो-स्कूलमा चाहीँ मलाई हजुरबा भन्ने हैन, 'सर' भन्ने हो!
त्यसदिन हामीले नयाँँ कुरा सिक्यौं-स्कूलमा पढाउँने शिक्षकलाई 'सर' नै भन्नु पर्ने रहेछ। हाइस्कूल गए पछि थप नयाँँ कुरा सिक्यौं-स्कूलमा पढाउँने शिक्षिकालाई 'मिस' भन्नु पर्ने रहेछ। अझ बिहा गरेकी शिक्षिकालाई 'म्याडम' भन्नु पर्ने रहेछ।
*
कलेज गएपछि 'क्लासमेट'हरू वा वरिपरि भेटिएका सबै-सबै 'सर' वा 'मिस' हुन थाले। अझ यहाँ त विध्यार्थीहरूलाई पनि 'सर' व 'मिस' भनी बोलाइन्छ। 'सर' र 'मिस'हरू मौलाउँदै गएका छन् र दाजु-भाइ, दिदी-बहिनी, काकी-काकीहरू हराउँदै गएका छन्!
**
January 06, 2019
_________________
**
फर्केर हेर्दा-८: हिउँद लागे पछि खेतबारीमा गोठ सार्ने गर्थ्यौं। हामी स-सानै थियौं। त्यसैले पालो पालो गर्दै बुवासँग गोठमा सुत्न जान्थ्यौं।
कान्लासँग टाँसेर बनाइएका गोठहरूमा परालका मुठ्ठाहरू माथि परालकै गुन्द्रीबाट बनाइएको ओछ्यान यति आरामदायी र न्यानो हुन्थ्यो कि कतिखेर रात बित्थ्यो, त्यसको पत्तै हुँदैनथ्यो। वरिपरि स्याउलाका फरिकाहरूले बारिएका र तिनैका छाना भएका यस्ता गोठहरूमा शीत र सिरेटो छिर्दैनथ्यो। सुत्नु अगाडि गोठकै छेउमा आगो, दियालो वा मट्टितेलको बत्ती बाली गृहकार्य गर्थ्यौं। गृहकार्य सके पछि चण्डी वा रुद्री पढ्ने गर्थ्यौं। कहिले काहीँ भाका हाली गाउँ नै थर्किने गरी रामायणका सिलोकहरू पनि भन्थ्यौं।
कहिलेकाहीँ जँगली जन्तुहरू-चितुवा, बाघ र दुम्सीहरूले तर्साउँदा भने हामी साह्रै डराउँथ्यौं। बिहान सबेरै उठेर खाली खुट्टा शीत र सिरेटोमा घाँस-दाउरा गर्न चाहीँ निक्कै सकसपूर्ण हुन्थ्यो।
**
यो जीन्दगी यस्ता अनगिन्ती अनुभवहरूको योगफल हो है!
**
December 28, 2018
_________________
**
फर्केर हेर्दा-७: त्यतिबेला सम्म भौतिक विज्ञानमा 'मास्टर डिग्री' पाइसकेको थिएँ र काठमाडौंमा 'मास्टरी' पनि जमाइसकेको थिएँ। सहपाठी मित्र महेन्द्र थापाले प्रस्ताव राख्नु भयो -"हामी चार-पाँच जना साथीहरू मिलेर 'प्लस टु' का किताबहरू लेखौं न। विध्यार्थीहरूलाई सजिलो ढंगले बुझ्ने गरी सरकारी पाठ्यक्रम अनुसार हामीले पुस्तकहरू निकाल्न सक्यौं भने विध्यार्थीहरूलाई सजिलो हुन्छ र हामीलाई पनि फाइदै हुन्छ।" वास्तवमा उहाँको यो प्रस्ताव धेरै राम्रो लाग्यो र हामी पाँच सहपाठी मित्रहरू-म, महेन्द्र थापा , रमेश ढुंगाना, राजेन्द्र पोखरेल र परशु खरेल मिलेर 'अ टेक्स्ट्बूक अफ हाइअर सेकेण्डरी फिजिक्स, ग्रेड-११' लेखी प्रकाशित गरायौँ। किताब राम्रोसँग चल्यो र प्रशंसा पनि राम्रै बटुल्यो। त्यसलाई निरन्तरता दिंदै हामीले 'अ टेक्स्ट्बूक अफ हाइअर सेकेण्डरी फिजिक्स, ग्रेड-१२' पनि निकाल्यौं। यी दुई किताबको प्रकाशनले मलाई भौतिक विज्ञानमा थप अनुभवी बनायो र प्रकाशन प्रकृयामा पनि नयाँँ ज्ञान दिलायो।
*
त्यसताका सम्म सबै जसो नीजि तथा आवाशीय विध्यालयहरूमा विज्ञान बिषयका किताबहरू भारतीय प्रकाशनका प्रयोग गरिन्थे। बेला-बेलामा मलाई लाग्थ्यो-हामी आफैंले स्कूलका विज्ञानका कितावहरू लेखी छपाउँन पाए हुन्थ्यो। दुईवटा किताबको प्रकाशन पछि मलाई लेखन प्रति आत्म-विश्वास बढेको थियो। त्यसपछि हाइस्कूल पढाइरहेका हामी पाँच जनाले एउटा समूह बनाई नेपाल सरकारको पाठ्यक्रम अनुसार कक्षा-१ देखि कक्षा-१० सम्मको लागि 'साइन्स एण्ड माई वर्ल्ड' नाम दिएर १० वटा किताबहरू निकाल्यौं। यी किताबहरू देश भरिका नीजि तथा आवाशीय विध्यालयहरूमा राम्रैसँग चले।
*
यी प्रकाशनहरू विध्यार्थीहरू, लेखकहरू तथा प्रकाशकहरूलाई त फाइदाजनक नै भए तर तिनले त्यो भन्दा बढी फाइदा देशलाई नै पुर्याए जस्तो मलाई लाग्छ। पुस्तक आयात गर्ने पैसा देशभित्रै रह्यो तथा संस्क्रितीमा केही हदसम्म भए पनि अतिक्रमण घट्यो।
*
कक्षामा आँफैले लेखेको पुस्तक लिएर पढाउँन जाँदा त्यतिकै आनन्द लाग्थ्यो।
**
December 24, 2018
_________________
फर्केर हेर्दा-६: कुनै पार्टीको झोला नबोकेको भए पनि जीन्दगीलाई बेला-बेलामा राजनीतिले पनि नछोएको कहाँँ हो र! नयाँँ बानेश्वर स्थित बाजेको पसल छेउमा खाली जग्गामा जननेता मदन भण्डारीले भाषण गर्ने कार्यक्रम राखिएको रहेछ। भाषणको कार्यक्रम साँझतिर भए पनि सबै ट्युशन कक्षाहरू बन्द गरी आफ्नो 'उभिने स्थान' सुरक्षित गर्न एक जुवा घाम हुँदै त्यतातिर लागें। ठूलै भीड जम्मा भैसकेको रहेछ। उभिने स्थान त पाइयो तर धेरै पछाडि परिहालें। नेताको अनुहार राम्रो देख्न नपाए पनि आवाज सुनिने कुरामा ढुक्क थिएँ।
धेरै लामो पर्खाइ पछि तालीको गड्गडाहट सुनियो। नेताको आगमन भएछ भनी कान ठाडो पार्दै सुन्न थालें। उनले बोलेका हरेक वाक्यमा तालीको गडगडाहट्ले शहर र त्यो शहर छोप्ने आकाश थर्किन्थ्यो। भाषणको क्रममा उनले भने '... त्यसो भयो भने हामी पनि कोटको खल्तीमा जैतुनको फूल राखी हातमा दही जमाएर बस्ने छैनौं।...' उनका हरेक शब्दहरूमा जोश भरिएको थियो। हरेक वाक्यहरूले शरीरको रगत उम्लिन्थ्यो। के कांग्रेश, के कम्युनिस्ट-सबै उनको भाषणलाई मन पराउँथे। भाषणका क्यासेटहरू दोहोर्याइ-तेहेर्याइ सुनिन्थे।
*
अहिलेको कम्युनिस्ट पार्टीले मदन भण्डारीलाई कसरी सम्झिएको छ कुन्नि!🤔
**
December 23, 2018
_________________
फर्केर हेर्दा-५: जागीर खोज्दै ३-४ बर्ष काठमाडौंका गल्ली-गल्ली चाहारें। कहिले बोर्डिङ् स्कूलका प्रिन्सिपलका ढोका ढक्ढ्क्याएँ त कहिले गार्मेण्ट मालिकका कार्यालय धाएँ। तर कस्सैले मलाई पत्याएन। बोर्डिङ् स्कूलका प्रिन्सिपलले अंग्रेजीमा खोट लगाए त गार्मेण्टका मालिकले आफ्नू उधोगमा आइ. एस्सी. वाला धेरै नटिक्ने बताए। जागीर खोज्दा-खोज्दै फ्याट-फ्याट गर्ने मोटा चप्पलहरूमा प्वाल परे, धेरै पटक तिनीहरूका लोती चुँडिए। गोल्डस्टार जुत्ताका तलुवा खिए; धूलो र हिलोले तिनीहरू बेरङ्गी भए। तर जागीरको भने कहीं पत्तो भएन।
तैपनि सास रहुन्ज्याल आश राखेकै थिएँ। एकदिन एउटा पत्रीकामा एउटा विज्ञापन छापिएको भेट्टाएँ-नेपाल कोल लिमिटेडले केही कर्मचारीहरू मागेको रहेछ। हतपत फारम भरी बुझाएँ। दिन रात लाएर जाँचको लागि तयारी गरें। सामान्य ज्ञान घोकें; अन्तराष्ट्रिय मञ्चहरू पढें। नयाँँ बानेश्वरमा परीक्षा दिन बोलाइएको थियो। परीक्षा हल भित्र नछिर्दै मलाई लाग्यो-त्यो जागीर मेरो लागि थिएन! सेता, निला र पहेंला प्लेट भएका गाडीहरू बाट त्यहाँ पुगेका थुप्रै परीक्षार्थीहरूको अगाडि मोटा चप्पल फ्याट-फ्याट पार्दै पुगेको मैले कसरी नाम निकाल्थें र! त्यो परीक्षाको परीक्षाफल कहिले निस्क्यो; त्यसको समेत मलाई पत्तो भएन!
**
December 21, 2018
_________________
फर्केर हेर्दा-४: यो 'सेमेस्टर'को पढाउँने काम सकियो र 'रिजल्ट' पनि बुझाइसकियो। अहिले फुर्सदमै छु। दिउँसो 'रजिस्ट्रार'को कार्यालयबाट एउटा ई-मेल पाएँ। विध्यार्थीहरूले गरेको 'कोर्स इभ्यालुएशन' रहेछ। विध्यार्थीहरूले ५ पूर्णाङ्कमा ५ नै दिएछन्। पूर्णतामा खुशी लाग्यो। त्यहाँ लेखिएका 'कमेण्ट'हरू पनि पढें। सबै पढि सिध्याउँन एक घण्टै जस्तो लाग्यो। ती कमेण्टहरू पढ्दै गर्दा १५-१६ बर्ष अगाडि लिट्टिल एन्जेल्स कलेजका विध्यार्थीहरूले 'एल. ए. मेमेन्टो' पत्रीकामा गरिएको 'टिचर पोल' सम्झिएँ। कलेजको त्यो पत्रीकामा मलाई दुइवटा 'टाइटल' दिइएका थिए-'बेस्ट टिचर' र 'मोस्ट ह्युमरस टिचर'! बिदेशको यो ठाउँमा यहाँँका विध्यार्थीहरूको हेराइमा पनि म लगभग त्यही ठाउँमा पुगेंछु जस्तो लाग्यो।
**
December 20, 2018
_________________
फर्केर हेर्दा-३: काठमाडौंमा स्कूल पढाउँदा ताका श्रोत-ब्यक्तिको रुपमा विध्यालयका शिक्षकहरूलाई तालिम संचालन गर्ने अवसर मिल्यो। एक पटक माध्यामिक शिक्षा परिषद्को सानो ठिमीको कार्यालयमा तालिम कक्षा संचालन गरिरहेको थिएँ। देशै भरिका हाइस्कूल शिक्षकहरू हुनुहुन्थ्यो। कोही त बुवा वा हजुरबुवाका उमेरका पनि हुनुहुन्थ्यो। कक्षा चलिरहेको थियो। बेला-बेलामा म सहभागी शिक्षकहरूका प्रश्नहरू पनि लिंन्थें। नजानेको कुरा जानेको बहाना गरी 'जे पायो त्यही!' उत्तर दिने मेरो बानी थिएन। सोझै भन्ने हो भने मलाई पढाउँदा ढाँटढुँट गर्न आउँदैनथ्यो। उत्तर थाहा भएन भने थाहा छैन भनिदिन्थें। तर मेरो एउटा बानी के रहेछ भने- 'मलाई थाहा भएन!' सँगै 'गड नोज!' पनि भन्दो रहेंछु। एक-दुई पटक त्यसो भनि सकेपछि एक पाकै शिक्षकलाई अलिक चित्त बुझेनछ। उहाँले सोध्नुभो-"सर, तपाईं विज्ञान पढाउँने शिक्षक; तर किन 'गड नोज!' भन्नुहुन्छ?" त्यसको चित्तबुझ्दो जवाफ मसँग थिएन।
*
ती शिक्षकहरू र मेरै विध्यार्थीहरू बाट त्यतिबेला सोधिएका प्रश्नहरू मैले यहाँँका विश्वविध्यालयका प्राध्यापकहरूलाई पनि बेला-बेलामा सोधें र अझै पनि सोध्ने गरेको छु। उनीहरूको उत्तर हुन्छ-'इट इज द ल अफ नेचर!'
*
ती तालिम कक्षाहरूको एउटा अविस्मरणीय क्षण चाहीँ के छ भने-तालिम कक्षाहरूको अन्तिम दिन त्यहीँका एक उच्च अधिकारीले 'क्लोजिङ्' समारोहमा भन्नु भयो-"रुद्र सर! तपाईं धेरै प्रतिभाशाली हुनुहुन्छ। तपाईंँ यहाँँ बस्ने होइन, बिदेश गई उच्च अध्ययन गर्नुहोस् र विज्ञानको अझ बढी सेवा गर्नुहोस्।"
*
तालीम कक्षा राम्रै सञ्चालन गरेंछु जस्तो लाग्यो। जिम्मा दिएको काम राम्रै सित पूरा गरेकोमा खुशी भएँ।
**
December 16, 2018
_________________
फर्केर हेर्दा-२: बुवाले दुई हज्जार रुपैयाँँ रीन खोजेर हातमा हाल्दिंदै भन्नुभो-'मचुवा गई भान्दाजुलाई लिएर धरान गएस्!' बिहानीको भात खाएर
खाजाका लागि एक घान भुटेका मकै पोको पारें र आइ. एस्सी. पढ्ने सपना बोकी धरानतिरको अनिश्चित यात्रा शुरु गरें। भान्दाजुकाहाँ पुगेर सबै बेली बिस्तार लगाएपछि भोलिपल्ट धरान जाने निधो भयो। हिंड्दै हिंड्दै चतरा पुग्यौं तर धरान जाने गाडी छुटिसकेको रहेछ। बाँकी यात्रा पनि हिंडेरै पूरा गर्नु पर्ने भयो र दाजु-भाइ जङ्गलको बाटो हुँदै अगाडि बढ्यौं। यो बाटोले दिउँसै डकैती हुँने ठाउँँको रुपमा कुख्याती कमाएको रहेछ। त्यसैले हामी अलिक डराएका थियौं। मैले रीन खोजी ल्याएको नगद सम्पत्ती सुरुवालको इँजार हाल्ने प्वालमा खाँदेर लुकाएकोले डाँकाहरूसँग जम्काभेट भए पनि नगद नारायण भने सुरक्षित हुँने कुरामा ढुक्क थिएँ।
*
जंगलको बाटोको केही अंश छिचोले पछि डाँडाकाँडा घन्काउँदै एउटा गीत बजेको सुनियो-'जिलेले जिलेले, आयो आयो जिलेले...'। लाहुरे जस्ता महसूर देखिने एक ब्यक्ति काँधमा टेप्रीकोट (टेप-रिकर्डर) भिरेर धरानतिरै जाँदै रहेछन्। उनको साथ पाएकोले हामीले लामो सास फेर्यौं। घाम नडुब्दै शर्दूखोलाको बगर छिचोली धरान छिर्यौं। बास बस्ने ब्यवस्थाको खोजी तिर नलागी हामी सोझै हात्तीसारतिर हान्नियौं। धरानको माथि डाँडामा रहेको हात्तीसार क्याम्पस परिसर भब्य रहेछ। कुनै युरोपेली मुलुकको सहयोगबाट बनेको मुख्य भवनको परिक्रमा गर्दै गर्दा भान्दाजुले भन्नुभो-'भाइ, तैले यो क्याम्पसमा पढ्ने मौका पाइस् भने त धरान बजारमा एउटा घर बनाउलास् हगि!'
*
भान्दाजुले भने झैं मैले धरान क्याम्पसमा आइ. एस्सी. पढ्ने मौका त पाएँ तर धरानमा घर भने बनाउँन सकिंन।
**
December 14, 2018
_________________
फर्केर हेर्दा-१: पुष-माघको जाडो नभनी विध्यार्थीहरू झिस्मिसेमै पढ्न आउँथे। बिहानीको छ बज्दा एक घण्टा लामो कक्षा सिध्याएर बानेश्वर बाट साइकल चढी ६:४५ बजे शुरु हुने तथ्याङ्क शास्त्रको कक्षाको लागि त्रि-चन्द्र कलेज पुग्दा आँखीभौं सबै शीतले ढाकिएका हुँन्थे। ११:०० बजे सम्म त्रि-चन्द्र कलेजमा पढेर जाउलाखेल तिरको यात्राा शुरु हुन्थ्यो। दिन भरि स्कूल पढाएर बेलुका चार बजे घर फर्किंदा विध्यार्थीहरू सँगै घर पुगिन्थ्यो। अनि बेलुकाको पढाउँने काम ८-९ बजे सम्म चल्थ्यो। बेलुकाको खाना खाँदै गर्दा थकानले आँखाका परेलीहरू जोडी सकेका हुन्थे। जीवन सजिलो कहाँँ थियो र!
कहिले काहीँ यो मेरो आफ्नै कथा हो भनी छोरा-छोरीहरूलाई सुनाउँछु। उनीहरूलाई दन्ते-कथा झैं लाग्दो रहेछ। फिस्स हाँसिदिन्छन् !
**
December 10, 2018
_________________
आफ्नै कथा: यो कथा कसैको जिन्दगीसँग मिल्न गए मसँगै मिल्नेछ किनभने यो मेरो आफ्नै कथा हो।
हरेक नयाँँ कक्षामा छिर्छु र १०-१५ मिनेट कुरा गरेपछि बिद्यार्थीहरूलाई सोध्ने गर्छु-'डु यू ह्याव एनी डिफिकल्टी टू अन्डर्स्ट्याण्ड मी?' विध्यार्थीहरूले 'वी अन्डर्स्ट्याण्ड यू!' भने पछि म ढुक्क हुन्छु र पढाउँन थाल्छु। तर अवस्था यस्तो सधैंं कहाँँ थियो र! पूर्व ४ नम्बर भोजपुरमा जन्मी हुर्केको मैले सरकारी विध्यालयमै पढें। सकेसम्म राम्रै गरें। हात्तीसार कलेजबाट अाइ. एस्सी.को पढाइ सिध्याए पछि आफूलाई निक्कै योग्यता भएको ठानी इँटहरीतिरको एउटा स्कूलमा शिक्षकको लागि अन्तर्वार्ता दिन गएँ। सुन्तलाको अङ्ग्रेजी शब्दको उच्चारण मिलाउँन नसक्दा जागीर पाइँन। त्यसपछि काठमाडौंको यात्रा तय गरें। त्यहाँ पनि अनेकौं पटक अङ्ग्रेजीकै कमजोरीको चपेटामा परें। पहिलो कुरा त जागीर पाउँनै मुस्किल भो; पाए पछि बचाउँनै हम्मे पर्यो। तर हार खाइँन। अङ्ग्रेजी शब्दकोष र व्याकरणका पुस्तकहरू किनें। कुनै शब्द बोल्दा बिद्यार्थीले मुख बिगारे वा खित्का छोडे भने घर गएर शब्दकोष हेर्थें र अर्को पटक सही तरीकाले बोल्थें। त्यसरी नै व्याकरण पनि अभ्यास गर्थें। मिलेसम्म अङ्ग्रेजी पढाउँने शिक्षक साथीहरू सँग संगत गरें। उहाँहरूले पनि मेरो सिकाइमा सहयोगै गर्नु भो। यतिसम्म कि यदि कोही अङ्ग्रेजी पढाउँने शिक्षक अनुपस्थित भएमा म त्यो कक्षामा गएर अङ्ग्रेजीकै पाठ पढाइदिन्थें। अहिले सम्झिन्छु, रमाइलो लाग्छ।
**
November 22, 2018
_________________
कामचोर प्रव्रित्ती: कहिले काहीँ गफ-गाफ गर्नु ठिकै कुरा हो। तर गफ मात्र चुटी कामचोर गर्ने प्रव्रित्तीले ढीलो-चाँडो त्यसको परिणति भोग्ने कुरा निस्चित हुन्छ।
काठमाडौंमा स्कूल पढाउँदा ताका एक मित्र एउटा उपन्यासको मोटै पुस्तक बोकी हिँड्थे। कुरै-कुरामा एकदिन मैले उनलाई सोधें-'तपाईं धेरै पढ्नु हुन्छ जस्तो छ नि?' उनको जवाफ थियो-'हो, तपाईंँले ठीक कुरा गर्नु भो। मलाई एउटा उपन्यास सिरानीमा नराखी निद्रै पर्दैन। शायद मेरो रगतमै उपन्यास बगिरहेकोले होला!' म उनको उत्तर बाट अत्यन्तै प्रभावित भएँ। तर त्यसको केही महिना पछि उनको जागीर उडेको थाहा पाउँदा अचम्ममा परें। कारण रहेछ-उनी गफ चाहीं गतिलो गर्दा रहेछन् तर काम भने ठग्दा रहेछन्। २०-२५ बर्ष पछि अहिले यहाँँ पनि त्यस्तै एक मित्रले जागीर गुमाएछन्। उनी गफ त चन्द्रमामै पुग्ने गर्थे तर त्यो गफले जागीर धानेनछ।
**
September 23, 2018
_________________
रक्षा-बन्धनलाई सम्झिंदा: : हामी चार स-सानै थियौं। हजुरआमा पुरोहीत बालाई सीधा ठिक पार्नुहुन्थ्यो। हामी एका बिहानै कुवा-धारामा गएर नुवाइ-धुवाइ गरी तयारी अवस्थामा पुरोहीत बालाई पर्खिन्थ्यौँ। उहाँ कतिखेर आइपुग्नु होला र रङ्गी-बिरङ्गी 'डोरा' (रक्षा-बन्धन) बाँध्न पाइएला भन्ने हाम्रो ध्याउँन्न हुन्थ्यो। पाली पछाडिको भल्टाँकीको बोट छेउ गएर आँखा तानी तानी पुरोहित बा आउँने बाटो हेर्थ्यौं। जब 'हरे कृष्ण! हरे राम!' भन्दै उहाँ अाइपुग्नुहुन्थ्यो, हामी चार जना बीच 'डोरा'को रङ् छान्ने होडबाजी चल्थ्यो। 'येन बद्धो' मन्त्र पढ्दै पुरोहीत बाले राता, हरिया, गुलाबी रङ्गका डोराहरू नारीमा बाँधिदिए पछि हामी खुसी हुँदै मेलापात गर्न लाग्थ्यौं। आज ती घटनाहरू चल्चित्र झैँ एक-एक गर्दै सम्झनामा आए है!
**
August 26, 2018
_________________
मनचिन्ते मिसिन?! : एच. जी. वेल्सको उपन्यास 'द टाइम मिसिन'मा आधारित् 'द टाइम मिसिन' चल्चित्र हेरियो। कोलम्बिया विश्वविध्यालयका एप्लाइड मेकानिक्स तथा इन्जिनीयरिङ्गका एक प्राध्यापक अलेक्ज्याण्डर हार्ट्डिगनकी 'फियान्से' एम्मालाई औँठी लगाइदिंदै गर्दा एउटा गुण्डाले एम्मालाई गोली हानी मारिदिन्छ। त्यसपछि प्रा. अलेक्ज्याण्डरको एउटै ध्याउन्न हुन्छ कि सम्पूर्ण ज्ञान र शीप प्रयोग गरी एउटा 'टाइम मिसिन' बनाउँने र एम्मालाई बचाउँने। उनले चार बर्ष लगाएर 'टाइम मिसिन' बनाउँछन् तर एम्मालाई बचाउँन भने सक्दैनन्। उनको त्यो उद्देश्य पूरा नभए पनि 'टाइम मिसिन'ले उनलाई भविष्यको धेरै टाढासम्म पुर्याउँछ र अनेकन अनुपम कुराहरु देख्न र अनुभव गर्न मद्दत पुर्याउँछ।
हामीले पनि एउटा यस्तो 'मनचिन्ते मिसिन' बनाउँन सके कस्तो हुन्थ्यो होला है! त्यो मिसिनमा थुप्रै बटनहरू हून् जसमा एउटा बटन थिच्दा हावाबाट बिजुली निस्कियोस् र सबै घरहरू उज्याला बनून्। अर्को बटन थिच्दा रेलले तिब्बतबाट सगरमाथा नाघेर लुक्ला हुँदै काठमाडौं आओस्। अर्को बटनले नेपाली झण्डा फहराएका जहाजहरू कोशी, गण्डकी, कर्णालीबाट हिन्द महासागर हुँदै क्यानाडा र अमेरीका तिर लागून्। अर्को यस्तो बटन होस् जसले हामीलाई अन्तरिक्ष हुँदै चन्द्रमा, मंगल र बृहस्पतीको यात्रा गराओस्। यी सबै सम्म्रिद्दीका उच्च नमूनाहरू हाम्रै जीवन कालमा भए कस्तो रमाइलो हुन्थ्यो होला है!
**
August 19, 2018

Subscribe to:
Comments (Atom)