Saturday, December 31, 2011

Looking back to 2011

Today is Saturday, December 31, the last day of the year 2011. The midnight of today ends the existing year and starts a brand new year. I am looking back to 2011 now. I was appointed to the position of an adjunct faculty of physics for a semester, starting January 2011. I taught Algebra-based Newtonian Mechanics and Electricity and Magnetism courses in this period. I submitted a research paper in Physical Review A, which was published in September, 2011. I worked on a project - "Berry gauge tuned BEC gyroscope" during my summer internship at Los Alamos National Laboratory. In the Fall semester, I taught two courses - Calculus based Newtonian Mechanics and Electricity and Magnetism. I was busy preparing documents to apply for jobs. I have applied too. Now I am working towards finishing the projects and thesis. 

Hope 2012 will bring some good days !

Friday, August 5, 2011

मिस्टर ट्रान्स्लेटर



एक ताकाको कुरा हो जुन बेला म काठमाडौंको एउटा स्कूलमा पढाउँथें ! सप्ताहान्तमा हाम्रो विध्यालयले केही शिक्षक-शिक्षिकाहरुलाई चितवनको एउटा फार्म-हाउसतिर बिदा मनाउन लैजाने निधो गर्‍यो । त्यो समूहमा म पनि परेंछु । भर्खर् - भर्खर् बिहा गरेको थिएँ । जान त त्यति मन मानेको थिएन, तर पनि सबै साथीहरु जान लागेको बेला म मात्रै के 'एक्लो ब्रिहस्पती' हुने है भनेर मिस्सिन पुगें ।

हामी जम्मा दश-बाह्र जना थियौं। त्यो समूहमा एक अस्ट्रेलियन शिक्षिका पनि थिइन् । आफ्नो देशमा जागिरबाट अवकाश पाइसकेर नेपाल घुम्न आएकी ती शिक्षिकालाई बिध्यालयले स-साना केटाकेटीहरुलाई अङग्रेजी बोलीचालीको बिकासमा सहयोग पुर्याउनको लागि उनलाई नियुक्ति दिएको थियो । जे होस् हामी मध्यान्ह अगाडि नै त्यतातिर लाग्यौं । बेलुका त्यहीं चितवनको स्थानीय विध्यालयका शिक्षकहरु पनि भेला भए, भलाकुसारी भयो, पढ्ने-पढाउने बिषयमा कुराकानीहरु भए ! राम्रै जमघट भयो !

ठूलो साँझ झमक्कै परिसकेको थियो, खान-पिन शुरु भयो । रमाइलो गफ-गाफ हुँदै थियो ! स्थानीय एक साथीले दोहोरी गाएर रमाइलो गरौं भन्ने प्रस्ताव राखे; गाउन पनि पो शुरु गरी हाले त पूरा भाका हालेर - 'बल्ल पर्‍यो निर्माया, माकुरी जालैमा !' लौ न त भनेर मैले पनि स्वरमा स्वर मिलाएँ । समूहमा गाउँदा रमाइलै भयो । ती अस्ट्रेलियन शिक्षिका पनि रमाउँदै ताली पड्काउन थालिन् । मलाई लाग्यो - उनले त्यो गीतको शब्द र अर्थ पनि बुझे कति रमाइलो गर्दी हुन् । मैले गीतका हरेक अंशको अङग्रेजीमा अनुवाद गरेर उनलाई सुनाउने निर्णय गरें । साथीहरुले गाइसक्ने बित्तिकै मैले अनुवाद गरिदिन्थें । उनी 'गूड' भन्दै रमाइलो मान्दै ताली पड्काउँथिन्।

अरुबेला म सामान्य उल्था गर्न पनि गार्हो मान्ने मानिस त्यतिबेला दोहोरी गीतका हरफहरुको फटाफट उल्था गरेको देख्दा सबै साथीहरु छक्क परे, रमाइलो पनि माने ! एकजना साथीले त खप्नै नसकेर मुखै खोले - 'यो सब सोमरसको कमाल हो है' ! त्यो साँझ सार्है रमाइलो र अविस्मरणीय भयो ! बिदा मनाएर हामी काठमाडौं फर्कियौं ।

केही समयपछि एकदिन बिहानको कक्षा पढाइसकेर बिध्यालयको प्राङगणतिर निस्कदैं थिएँ । एउटा तिखो महिला स्वर कानमा ठोक्किन आयो - 'हेलो मिस्टर ट्रान्स्लेटर'। म यसो के फर्केको मात्र थिएँ, तिनै अस्ट्रेलियन शिक्षिका रहिछन् स्कूलबाट बिदा भएर आफ्नो देश फर्किन लागेकी ! लौ त 'गूड बाइ' भनेर अर्को कक्षातिर लागें । म अहिले यसो सम्झन्छु - त्यो सोमरसकै कमाल थियो क्यारे मलाई 'मिस्टर ट्रान्स्लेटर' बनाउने !


अगस्ट ०५ , २०११ , लस अलामोस, न्यू मेक्सिको






Friday, July 29, 2011

सत्य सन्देश

कालो मन्दाकिनीको जल, जलनिधिको मोतिको ज्योति कालो;
कालो सौदामिनीको चहक, सब शरच्चन्द्रको कान्ति कालो;
कैलाश श्रेणि कालो, झलमल गरने सूर्यको बिम्ब कालो;
यो सारा सृष्टि कालो, मन बीच छ भने दम्भ दुर्भाव कालो ।
_________________________________________

दोषी माता पिताका वचन,गुरुजनादेश नि:शेष दोषी;
सत्यात्मा मित्र दोषी, गृह परिजनको चाल देखिन्छ दोषी;
पत्नीको प्रेम दोषी, अमृतमय मीठा वेदका वाक्य दोषी ;
यो सारा सृष्टि दोषी, विधीवश छ भने आफनो दृष्‍टि दोषी !
_________________________________________

थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन उज्यालो;
भीक्षा भारी उज्यालो , अझ वन वनको साग सिस्नु उज्यालो;
फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जिर्ण कन्था उज्यालो ;
तृष्णाको तुच्छ जालो मनवीच नभए जो मिल्यो सो उज्यालो !
_________________________________________

मत्ता हात्ती हलुङ्गो, बितत जलधीको ह्वेल माछा हलुङ्गो;
जङ्गी बेडा हलुङ्गो, बिकट कटकटे रेलगाडी हलुङ्गो;
शैलश्रेणी हलुङ्गो, पृथुतम पृथिवी गोल सारा हलुङ्गो;
यो ब्रह्मान्डै हलुङ्गो, जब सब मनको तिर्सना लाग्छ टुङ्गो !


- कवि शिरोमणी लेखनाथ पौड्यालको सत्य सन्देशबाट

जुलाई २९, २०११ , लस अलामोस, न्यू मेक्सिको

Sunday, July 24, 2011

हतुवागढीको एक रात

साँझ झमक्क परिसकेको थियो पिठिउँमा नूनको गह्रौं भारी थियो ! खुट्टा दुखेर मर्नु बाँच्नु भैसकेको थियो 'आज धेरै बाटो हिंडिसकियो,बुवा; एतै भात पकाएर खाउँ अनि एही खनिउँको रुखमनि सुतौं है !' मैले भनें अरू पनि तीन चार जना साथीहरु थिए घरबाट हिंडेको पाँच दिन भैसकेको थियो मेरो कुरा सबैलाई मनासिबै लागेछ हामीले तेसै गर्यौं। भातसात पकाएर खाएपछी, खनिउँको रुखमुनि एउटा तन्ना ओछ्याएर पल्टिउँ राती पानी परेछ, थाकेको जीउले अलिक धेरै भिजे पछि मात्र थाहा पाएछ ! त्यस्तो राती हुँदी के गर्ने होला , बाबै ! अँध्यारोमा छाम-छाम् छुम-छुम् गर्दै बाटो लाग्यौं अलिक माथि तिर डाँडाको छेउमा एउटा गाईगोठ रहेछ। त्यँही ओत लागेर सुत्ने निर्णय गर्यौं। बर्षाको पानीबाट बचियो, तर रातभरी मुटु छेड्ने गरि चिसो बतास चलिरह्यो कहिले उज्यालो होला बाटो लागौंला जस्तै भयो धैर्य भएर पर्खनुमात्र पर्ने रहेछ,उज्यालो हुने नै रहेछ ! अन्तत: उज्यालो भयो नूनको भारी बोकेर बेलुका घर पुग्ने आशाले बाटो लाग्यौं!

"भारी बोक्ने भरियाको, यै हो जिन्दगानी !"

जुलाई २४, २०११ , लस अलामोस, न्यू मेक्सिको