Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Saturday, September 13, 2014
नक्कल पार्दा भँगेराको ताल होला है (नैतिक कथा)
बडेमानको शरीर भएको हाँसले ढल्की-ढल्की शानसँग हिंडेको देखेर भंगेरालाई पनि त्यस्तै हिंडाइ हिंड्ने आकाङ्क्षा जागेछ। धेरै प्रयास गर्दा पनि शरीरको आकार/तौलले साथ नदिएकोले उसले हाँसको हिडाइ सिक्न सकेनछ र दिक्क मान्दै आफ्नो मौलिक हिंडाइमै फर्कन खोजेछ। तर आफ्नो मौलिक हिंडाइको ताल पनि बिर्सिएकोले ऊ फुत्रुक्-फुत्रुक् उफ्रिएर हिंड्न थालेछ!
एउटा नैतिक कथा
गाउँलेहरूलाई दु:ख दिएर आनन्द लिने बिचार गरी भेडागोठालो जुठे रुखमा चढेर 'लौ ब्वाँसोले मेरा भेडा बाख्रा सिद्ध्याउन लाग्यो, सहयोग गर!' भनी कराउँन थाल्यो। खेतमा काम गरिरहेका मनिसहरू मेलो छोडेर दौडदैं आए। ऊनीहरूले भेडा बाख्राहरू शान्तसँग चरीरहेको देखे, ब्वाँसो कतै थिएन, र जुठे चाहिं रुखमा बसेर हाँसिरहेको थियो। सहयोग गर्न गएका मानिसहरू जुठेले छक्याएकोमा रिसाउँदै काममा फर्के। केही समय पछि ब्वाँसो साँच्चिकै आयो र जुठेका भेडाबाख्रालाई सिध्य्याउन थाल्यो। जुठेले 'गुहार,गुहार' भन्दै सहयोगको याचना गर्यो। तर उसलाई सहयोग गर्न कोही आएन। जुठेले सम्पत्तिको नाममा रहेका भेडाबाख्राहरू गुमायो र रुँदै घर फर्कियो!
पौराणिक कथाबाट
एक अलौकिक शक्ति भएका ऋषीको आश्रम नजिकै रहेको एउटा मुसोले बिरालाको आक्रमणबाट आजीत भएर ऋषीसँग आफूलाई बिरालो बनाइदिन आग्रह गरेछ। ऋषीले उसमाथि दया देखाएर त्यो मुसोलाई बिरालो बनाइदिएछन्! त्यस्पछि बिरालो रूप धारण गरेको उक्त नयाँ प्राणीलाई कुकुरहरूले दु:ख दिन थालेछन्। अब उसले ऋषीसँग आफूलाई कुकुर बनाइदिन अनुरोध गरेछ। ऋषीले-लौ हुन्छ भनेर त्यसै गरिदिएछन्। तर पनि कुकुर रुप धारण गरेको मुसोले शान्ति पाएनछ। अब त्यो कुकुररुपी मुसो बाघको आक्रमणमा पर्न थालेछ। म आफैं बाघ भए त मेरा सबै दु:ख टर्ने थिए भन्ने ठानेर उसले फेरि ऋषीसँग आफूलाई बाघ बनाई पाऊँ भनी बिन्ती बिसाएछ। उदार हृदय भएका ती ऋषीले उनको अलौकिक शक्तिको अभ्यास गरी त्यो कुकुररुपी मुसोलाई बाघ बनाई दिएछन्। बाघरुपी मुसो अत्यन्तै खुशी भएछ; तर उस्को खुशी तुरुन्तै एउटा उन्माद् मा परिणत भएछ। म अब यहाँको राजा हुँ-यो फिस्टे ऋषीलाई किन बाँकी राख्ने, यसलाई सिध्याइदिन्छु भनेर बाघरुपी मुसो गर्जंदै ऋषीलाई आक्रमण गर्न झम्टिएछ। ऋषीले हत्पत् गर्दै त्यो बाघरुपी मुसोलाई 'पूनर्मुसीको भव:' भनेर श्राप दिएछन्। बाघरुपी मुसो तत्कालै मुसोमा परिणत भएछ!आफ्नो घमण्ड प्रति खेद प्रकट गर्दै ऊ आफ्नो दिनचर्यामा लागेछ!
संगत गुणाको फल
हेर्दा काटी-कुटी उस्तै देखिने दुईवटा सुगाहरू मध्ये एउटाको मूल्य रू. ५ र अर्कोको रू. १०० भनेको सुनेपछि एक ग्राहकले अचम्भित हुँदै ब्यापारीलाई सोधे-दुवै सुगाहरू उस्तै छन्, दुवै त्यतिकै सुन्दर छन्, तर तिनीहरुको मूल्यमा किन यस्तो ठूलो फरक? ब्यापारीले उत्तर दिए-कृपया तपाई यिनीहरूलाई किनेर घरमा लैजानुस्, अनि भोलि थाहा पाउनुहुनेछ कि मैले यिनीहरूको मूल्य किन फरक राखें। ती ग्राहकले सुगाहरू किनेर लगे र बडो उत्सुकतासाथ तिनीहरुका क्रियाकलापहरू हेर्न थाले। बढी मूल्य परेको सुगाले ज्ञान-गुणका कुराहरू गर्न थाल्यो, मीठा गीतहरू गायो,अनि भगवान गाथा सुनायो तर कम मूल्य परेको सुगाले नानाथरी गाली गर्न थाल्यो, अपशब्दहरू बोल्यो र 'क्रेजी' व्यबहार देखायो। अब ती ग्राहकले मूल्यमा तेत्रो फरक किन रहेछ भन्ने थाहा पाए। उनले ब्यापारीलाई भेटेर सोधे-कसरी यी दुई समान रुपका प्राणीहरू फरक गुणका भए? ब्यापारीको उत्तर थियो - 'संसर्गजा दोष गुणा भवन्ती!' अथवा 'संगत गुणाको फल!'।
मानवीय प्रव्रिति (Human Attitude)
परिचय गरौं न, मैले उनीतिर हात फैलाउँदै भनें। उनले भने - तपाइँले मलाई त चिन्नुहुन्न तर मेरो 'ड्याडी' पन्चायतकालमा राष्ट्रिय पन्चायतको सदस्य हुनुहुन्थ्यो। एक पटक त उहाँ एउटा मन्त्रालयको सहायक मन्त्री पनि हुनुभएको थियो। उहाँलाई तपाइँले चिन्नु हुन्छ? अहँ, मैले चिन्दिन भने पछि उनले भने मेरो ससुरा त 'फुल' मन्त्री नै हुनुभएको तेही बेलातिर हो। ए, हो र भनेपछि उनले अझ जोशिएर भने मेरो काका चाँही प्रधानमन्त्री को 'पी. ए.' हुनुहुन्थ्यो। उनले मलाई यस्तै यस्तै परिचय दिंदै गए। परिचय सकियो तर उनले मलाई आफ्नो नाम चाँही भनेनन्!
पुतलीको प्रेम
'मलाई बाले टीका लाएर दिएको यो पैसा छ। तिमीलाई बाटो खर्च चाहिन्छ, लैजाऊ!' चोलीको भित्रबाट दश रुपैयाँको नोट निकाल्दै पुतलीले भनी-'शहर गएर मलाई बिर्सने चैं होइन नि!' चामेले गम्भीर हुँदै भन्यो-'धत् लाटी, तिमीलाई पनि बिर्सौंला त! ल म हिंडें।' शहर पसेको महिना अनि बर्ष बिते तर चामे आएन न त खबरै पठायो। पुतलीले मन्दिर धाई, ज्योतिषी देखाई, पूजा-ब्रत बसी, जाने सुनेका सबै कुरा गरी! तर न त उस्को बारेमा खबर पाई न त ठेगाना नै! आशा त थियो नै-उसले गरेको पवित्र प्रेमको प्रतिफल पाइन्छ भनेर!धेरै बर्षपछी चामेको चिट्ठी आइपुग्यो आज, त्यस्मा लेखिएको थियो-'पुतली, मैले शहरकीलाई बिहे गरें; तिमी आफ्नो खुशी गर - च्याम सिंह!'
सपनाकी सुपर-चोर
सिनेमा हेर्न टिकट किन्ने लाइनमा बसें बिश्वज्योतिको टिकट घरमा। टिकट-म्यानलाई सोधें बाल्कोनीको टिकट छ? उसले-छ भन्दै पैसा माग्यो। खल्तीबाट मनी-ब्याग निकालें। तेस्मा केही पैसा, क्रेडीट कार्डहरू, युनिभर्सिटीको परिचय पत्र र ड्राइवर लाइसेन्स पनि थिए। छेवैमा एउटा सार्है सुन्दरी केटी पनि लाइनमा बसेकी थिई टिकट काट्न। मैले मनी-ब्याग निकालेको देखेर उसले मलाई हेरेर मुसुक्क मुस्काउँदै सोधी यो तिम्रो ड्राइवर लाइसेन्स हो? म त जिल्ल परें; मेरो बन्द मनी-ब्यागभित्रको ड्राइवर लाइसेन्स उसको हातमा! म हेरेको हेर्यै भएँ। तर तिमीले यो कसरी गर्यौ हँ? उसले भनी-चोरै भए पनि 'सुपर-चोर' हुनुपर्छ म जस्तो; यो सबै मेरो मुस्कानको कमाल हो। थप बार्तालाप गर्न नपाउँदै ब्युझिएँछु।
पुतलीले शहरमा के देखी?
पुतली आज पहिलोपल्ट शहर पुगेकी छे। उसलाई धेरै कुरा रमाइला लागेका छन् - गाडी, बिजुली बत्ति, टिमिक्क परेर हिंडेका तरुणी-तन्नेरीहरू, र समग्रमा शहरी रमझम। ऊ घुम्दै-घुम्दै मन्दिर पनि पुगी-भगवानको दर्शन गर्न। मन्दिरमा उसलाई अलिक अनौठो अनुभव भयो। मन्दिरको वातावरणले उस्को मनभित्र अनेकौं प्रश्नहरू जन्मायो। घर पुग्न के भ्याएकी थिई, सोधिहाली-'बा, बा, शहरको मन्दिरमा त मानिसहरू सूटेड-बूटेड भएर जाँदा रहेछन् नि! त्यति मात्र कहाँ हो र - छालाको पेटी, छालाको जुत्ता। हामी त धारामाथिको देवीथान जाँदा खाली खुट्टै जान्छौं नि।' बाले सम्झाउँदै भने-लुगा र जुत्ताले के गर्छ र छोरी, मन हो मन! उनीहरूको मन त भगवान प्रति थियो होला नि। 'कहाँ हुन्छ बा!' उसले भनी 'तिनीहरू त एकोहोरो भएर मलाई पो हेरीरहेका थिए है!'
सीमा-बिहीन मपाईं
'तिमीले मेरो नाम कसरी थाहा पायौ?' उसको प्रश्न खस्न नपाउँदै मैले भने-मेरो साथीबाट! 'धत् , आजकाल को जमानामा पनि साथीलाई सोध्ने हो। गूगल गर न गूगल; म त गूगलमा जताततै छु नि! अझ मेरो नाम पूरै टाइप पनि गर्नु पर्दैन। मेरा नामका अक्षरहरू नमिलाइकन टाइप गरे पनि गूगलले मिलाएर मेरो नाम निकालिदिन्छ!' उसले त्यसै गरेर देखायो, म हेरेको हेरै भएँ। मलाई एउटा प्रश्नले अहिलेसम्म घोचिरहेको छ-कहिल्यै नसुनेको नाम चाँही के भनेर खोज्ने होला गूगलमा!!
प्रतिष्ठाको नयाँ परिभाषा
तेरो छोरो हिजोआज के गर्छ ए चामे? टोल-छिमेकमा देखिंदैन नि ! मुखियाले सोधे। चामे आज सधैंको जस्तो थिएन, बडो रवाफी भाषामा बोल्यो-के भन्छौ हो मुखिया बा, अब तिमीले हामीलाई होच्याउने दिन गए। अहिले त मेरो छोरो बिदेश गाको छ बिदेश! तिमीलाई अझै थाहा छैन? एक बर्ष पो भइसकयो त! अहिले त उसले घरमै नअटाउने टि. भी. पठाको छ, त्यो टि. भी. मा त राम्रा-राम्रा तरुनीहरू पो आउँछन् है बाबै। बरु तिमी पनि हेर्न आऊ! उसले त भाइलाई आइप्याड हो कि के भन्ने पनि पठाइदेको छ। अरु साना-तिना कुरा त कति-कति! ए हो र, काम चाँही के गर्दो रै छ नि तिम्रो छोरो? मुखियाको बोलि भुईंमा खसेको मात्र के थियो चामेले दाहिने हातको चोर औंला ठड्याउँदै भन्यो-मेरो छोरो तिम्रो छोरो जस्तो घुस्याहा होइन मुखिया बा, ऊ त ग्याँसमा गर्छ रे ग्याँसमा! समयले अब भने कोल्टो फेरेछ भन्ठान्दै टाउको निहुराएर बिना जवाफ मुखिया घरतिर लागे।
NOTE: कसैको ब्यक्तिगत जीवनसँग मेल खान गएमा सँयोग मात्र ठहरिनेछ।
NOTE: कसैको ब्यक्तिगत जीवनसँग मेल खान गएमा सँयोग मात्र ठहरिनेछ।
सपनाको रँगीन संसार
घर छेवैको पोखरीमा एउटा सानो अनौठो डुँगा रहेछ। यसो हेरें,उत्सुकता जाग्यो। डुँगामा पसेर भित्तातिर यसो थिचेको मात्र के थिएँ, त्यसले बिस्तारै पानीको सतह छोड्यो र अकासियो। मलाई लाग्यो यो त डाक्टर क्याभोरको 'क्याभोराइट' ले बनेको डुँगा पो रहेछ जुन एच. जी. वेल्सले उनको टाइम मेसिनमा उल्लेख गरेका छन् । त्यसैले यो पृथ्वीको गुरुत्वको बिपरित तिर जाँदैछ। मैले मनमनै चिताएँ-यसले मेरो गाउँतिर लगे हुन्थ्यो। त्यति सोचेको मात्र के थिएँ-डुँगा भुईंमा गएर बस्यो। बाहिर निस्केर यताउती हेरें। कस्तो अचम्म-म त आफ्नो गाउँ पुगेको रहेछु। पुतलीलाई भेटें, ऊ त अझै कल्कलाउँदी नै रहिछे। मैले सोधें-तिमी त तरुनी नै रहिछौ नि, पुतली? मुस्काई तर केही भनिन! उस्ले मलाई हामी सानो हुँदा गाई-बाख्रा चराउने, घाँस-दाउरा गर्ने भीर पाखातिर लगी! उस्ले भनी-हेर अहिले हाम्रो गाउँ त स्वर्ग भएको छ स्वर्ग। स-स्याना रुखका पोथ्रालाई देखाउँदै भनी-यी जमुना हुन्-जेनेटिकल्ली मोडिफाइड। म त जिल्ल परे - कति साना रुख, अनि कति धेरै फलेका! उसले एउटा टनेलमा पसेर स्विच के थिचेकी थिई-हामी एउटा पावर हाउसमा पुग्यौं-सबै कुरा अटोमेटेड। रोपवेले जोडिएका पाखा-पखेराहरू! तल बेंसीमा अत्याधुनिक तरीकाले सजाइएका बाली-नालीहरु! मेरो गाउँ फेरिएछ, पुरै नयाँ भएछ। पुतली मात्र रहिछ-मैले चिनेको अरु सबै नयाँ रहेछन्-मानिसहरू नयाँ, खान-पान नयाँ, बोल्ने-हिड्ने ढंग नयाँ, र सम्पूर्ण वाताबरणै नयाँ। म बडो रमाइलो मान्दै र अचम्भित हुँदै घुम्दै गएँ। मैले भनें- पुतली, ल गाउँ त अब स्वर्गै पो बनेछ, अहिलेलाई म जान्छु, फेरि आउँला मात्र के भनेको थिएँ, मेरो कानैको छेउमा एक लात बज्रियो र झल्याँस्स ब्युँझिएँ। सँगै सुतेको छोरोले पनि 'हरर फिल्म' को तेस्तै के सपना देखेको रहेछ क्यार!
मानवीय प्रब्रिती(Human Attitude)
बाटोको छेउमा टाँसिएको एउटा पोष्टरमा निर्देशन सहित धेरै कुराहरू लेखिएको थियो र निर्देशन चाँही थियो - कृपया गल्ती औंल्याउनु होला। आउने-जाने मानिसहरूले क्षणभरमै हरेक लहरमा, शब्द-शब्दमा गल्ती देखाइदिए-मानौं त्यहाँ गल्ती कुरा मात्र लेखिएको थियो! अर्को दिन त्यो ठाउँमा फेरि त्यही कुरा त्यसरी नै लेखिएको पोष्टर टाँसियो तर निर्देशन भने यस्तो थियो- कृपया गल्ती सँच्याउनु होला। दिन अनि हप्ता बिते तर त्यो पोष्टर कसैले छोएन!
Subscribe to:
Comments (Atom)