Saturday, September 13, 2014

एउटा नैतिक कथा

गाउँलेहरूलाई दु:ख दिएर आनन्द लिने बिचार गरी भेडागोठालो जुठे रुखमा चढेर 'लौ ब्वाँसोले मेरा भेडा बाख्रा सिद्ध्याउन लाग्यो, सहयोग गर!' भनी कराउँन थाल्यो। खेतमा काम गरिरहेका मनिसहरू मेलो छोडेर दौडदैं आए। ऊनीहरूले भेडा बाख्राहरू शान्तसँग चरीरहेको देखे, ब्वाँसो कतै थिएन, र जुठे चाहिं रुखमा बसेर हाँसिरहेको थियो। सहयोग गर्न गएका मानिसहरू जुठेले छक्याएकोमा रिसाउँदै काममा फर्के। केही समय पछि ब्वाँसो साँच्चिकै आयो र जुठेका भेडाबाख्रालाई सिध्य्याउन थाल्यो। जुठेले 'गुहार,गुहार' भन्दै सहयोगको याचना गर्‍यो। तर उसलाई सहयोग गर्न कोही आएन। जुठेले सम्पत्तिको नाममा रहेका भेडाबाख्राहरू गुमायो र रुँदै घर फर्कियो!

No comments: