Sunday, July 24, 2011

हतुवागढीको एक रात

साँझ झमक्क परिसकेको थियो पिठिउँमा नूनको गह्रौं भारी थियो ! खुट्टा दुखेर मर्नु बाँच्नु भैसकेको थियो 'आज धेरै बाटो हिंडिसकियो,बुवा; एतै भात पकाएर खाउँ अनि एही खनिउँको रुखमनि सुतौं है !' मैले भनें अरू पनि तीन चार जना साथीहरु थिए घरबाट हिंडेको पाँच दिन भैसकेको थियो मेरो कुरा सबैलाई मनासिबै लागेछ हामीले तेसै गर्यौं। भातसात पकाएर खाएपछी, खनिउँको रुखमुनि एउटा तन्ना ओछ्याएर पल्टिउँ राती पानी परेछ, थाकेको जीउले अलिक धेरै भिजे पछि मात्र थाहा पाएछ ! त्यस्तो राती हुँदी के गर्ने होला , बाबै ! अँध्यारोमा छाम-छाम् छुम-छुम् गर्दै बाटो लाग्यौं अलिक माथि तिर डाँडाको छेउमा एउटा गाईगोठ रहेछ। त्यँही ओत लागेर सुत्ने निर्णय गर्यौं। बर्षाको पानीबाट बचियो, तर रातभरी मुटु छेड्ने गरि चिसो बतास चलिरह्यो कहिले उज्यालो होला बाटो लागौंला जस्तै भयो धैर्य भएर पर्खनुमात्र पर्ने रहेछ,उज्यालो हुने नै रहेछ ! अन्तत: उज्यालो भयो नूनको भारी बोकेर बेलुका घर पुग्ने आशाले बाटो लाग्यौं!

"भारी बोक्ने भरियाको, यै हो जिन्दगानी !"

जुलाई २४, २०११ , लस अलामोस, न्यू मेक्सिको

No comments: