Tuesday, December 25, 2018

घुँडाको महत्व


सबै अङ्ग उत्तिकै महत्वका छन्
तर घुँडाहरू बिशेष महत्वका छन्!
**
घुँडा खुम्च्याएर उफ्रिनेहरू 
धेरै उचाइमा पुग्छन्!
नउफ्रिंदा पनि ठिकै छ,
घुँडाहरूले शरीरको भार थाम्छन्।
**
घुँडा टेकेर प्रार्थना गरिए
ईश्वर खुशी हुन्छन्।
घुँडा टेकी टीका थापे
प्रभूजीहरू खुसी हुन्छन्
पद र प्रतिष्ठाहरू तरक्कीमा पर्छन्!
**
यसरी
वैज्ञानिक ढंगले वा सामाजिक सोचाइले
घुँडाको मह्त्व असीमित छ।
कहिले काहीँ फाइदाको लागि टेके पनि
डाक्टरहरू सधैं घुँडा टेक्नु हुन्न भन्छन्
नत्र
यी घुँडाका हड्डीहरू सबै खिइन्छन्!
**
October 27, 2018

No comments: