Friday, April 5, 2019

फर्केर हेर्दा-११

आज फेरि बाल्यकालको सम्झना आयो। औँला तन्काएर गुच्चा मारी खेल्दा क्या रमाइलो हुन्थ्यो। त्यसरी मारेका गुच्चाहरू अस्कोटको गोजीमा छ्याङ्-छ्याङ् बजाउँदै हरुवालाई शान देखाउँदा आफूलाई राजै जस्तो लाग्थ्यो। तर गुच्चाहरू बोकेर घर पुग्दा भने बुवाको छ्डी खाने डरले सातो जान्थ्यो। बुवाले थाहा नपाइकन गुच्चाहरू लुकाउँन अहिलेका सुन तस्करले तेत्तीस किलो सुन लुकाउँन भन्दा धेरै गाह्रो हुन्थ्यो। हरुवाले आएर बुवालाई सुटुक्क पोल खोलिदिंए पछि पिंडौलामा बाँसको सिर्कना खाँदा हरुवालाई राजा झैं शान दिने जितुवाको बेहाल हुन्थ्यो। अब आइन्दा त्यस्तो नगर्ने कसम खाई हरुवाका गुच्चाहरू फिर्ता गरे पछि सिर्कना खान बन्द हुन्थ्यो। आखिर बालकको 'शर्ट टर्म मेमोरी' न हो। अर्को दिन कथा पुन दोहोरिन्थ्यो।
छोराछोरीलाई आफ्नो बाल्यकालको यो कथा सुनाउँदा भन्छन्: 'बाबा, इज दिस रियल?'
April 05, 2019
Worcester, MA

No comments: