टोपीले पसिना पुछेर रुखको छायाँ मुनि रोकिएँ।
भित्तामा अडिएर फर्की तलको बाटो नियाल्दै गएँ
आँखा यी भरिए बडो कठिन भो त्यो जिन्दगी सम्झिएँ।
**
आँखा चिम्म गरी उठेर बलले सुस्ताउँदै तापले
लागें चढ्न पहाडको बिकटमा एउटा ठूलो आशले।
थाकेको अझ भान छैन मनमा बाटो धेरै जानु छ
हिंड्दै खोंच,पहाडको वरिपरी यो जिन्दगी लानु छ!
**
(नोट: यो कविता शार्दूल बिक्रिडीत छन्दमा लेखिएको छ, जसमा हरेक लहरमा १९ अक्षर हुन्छन्। यो जीवनको दु:ख-सुखको कथा भए पनि भानुभक्तीय रामायाणको भाका हाली पढे मीठो सुनिन्छ। )
जुन १४, २०१५
आन आर्बर, मिचिगन
No comments:
Post a Comment