इश्वी सम्बत् १९९२ मा लिट्टिल एन्जल्स बाट औपचारिक रुपमा शुरु भएको मेरो संस्थागत शिक्षणको यात्राले तीसौं बर्ष पूरा गरेको छ। त्यतिबेला देखि नेपालमा लिट्टिल एन्जल्स, भानुभक्त मेमोरियल, आइडियल मोडेल, अमृत साइन्स तथा त्रिचन्द्र गरी पाँच वटा शिक्षण संस्थाहरूमा तथा अमेरीकामा वेष्टर्न इलिनोई युनिवर्सिटी, उस्टर पोलिटेक्निक इन्स्टिच्युट र युनिवर्सिटी अफ मिचिगन आन आर्बर गरी तीनवटा शिक्षण संस्थाहरूमा शिक्षाको ज्योति छर्ने पवित्र कार्य गरिएछ।
Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Saturday, August 6, 2022
शिक्षणका ३० बर्ष
जीन्दगीको यो यात्रामा हजारौं विद्यार्थीहरूसँग प्रतिकृयाहरू गरिए। आज ती विद्यार्थीहरू देश भित्र र बाहिर करीअरका विभिन्न तहमा पुगेका छन्। म साथीहरूसँग कुरा गर्दा गर्वका साथ भन्छु: मेरा विद्यार्थीहरू प्राध्यापक भएका छन्, चिकित्सक भएका छन्, इन्जिनीयर भएका छन्, वैज्ञानिक भएका छन्, अर्को पुस्ताका जनशक्ति भएका छन्,आदि,आदि! यसो भन्दै गर्दा गर्वले यो छाती ढक्क फूल्छ। यही मेरो जीन्दगीको अमूल्य कमाइ हो। 
**
August 03, 2022
Dr. Rudra Kafle
Worcester, Massachusetts, USA
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment