आज एउटा आदर्श शिक्षणको कुरा गरौं है त!
शिक्षण एउटा पवित्र पेशा हो, यो उत्कृष्ट पेशा हो, यो रोमाञ्चक पेशा हो, तर यो एउटा चुनौतीपूर्ण पेशा हो। जब हामी कक्षा कोठामा जान्छौं, त्यहाँ अथाह जोश, जाँगर, र ज्ञानका भोका अत्यन्तै संवेदनशील मस्तिस्कहरूसँग हाम्रो भेट हुन्छ। हामीले योजनाबद्द रुपमा ती मस्तिस्कहरूसँग अन्तर्कृया गर्न सक्यौं र सबैलाई सिकाइ प्रकृयामा सहभागी गराउन सक्यौं भने हाम्रो शिक्षण अर्थपूर्ण हुनेछ। यहाँँ हामीले गम्भीर रुपमा बिचार गर्नु पर्ने कुरा के भने कक्षामा एउटा सिकाइ विधी पर्याप्त हुन सक्दैन किनकि कक्षामा भएका सबै मस्तिस्कहरूले एकै तरीकाले वाह्य वातावरणसँग अन्तर्कृया नगर्न सक्छन्। ती सबैलाई बुझेर र ध्यान दिएर शिक्षण गर्नु चानचुने कुरा हो र! त्यसैले त शिक्षण पेशा चुनौतीपूर्ण छ। मेरो एउटा भित्री चाहना छ - म त्यसो गर्न सकूँ! 
***
August 05, 2022
Dr. Rudra Kafle
Worcester, Massachusetts, USA
No comments:
Post a Comment