शिकारीको झम्टा तन बीच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरीकन कठै!व्याकुल बनी।
म मर्ने बेला भो तर मनुज! तिम्रो मनुजता
कता भाग्यो,त्यस्को भरसक गरे है तिमी पता।।
**
दुवै भाले पोथी हरबखत पालो गरी गरी
लगिदिन्थ्यौं चारा बिकल बचराको मुख भरी।
अकेली सुत्केरी!अब शिवहरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरी टुहुरा पालन गरी?
**
न सक्छौ यो आँशु टप टप टिपी चप्प पिउँन
न सक्छौ मासुले दिनभर अघाएर जीउँन।
न सक्छौ यो भुत्ला लिइकन कुनै बस्त्र सिउँन
चुँड्यौ ब्यर्थै मेरो मनुज! तिमीले जीवन किन?
**
न चाँडो जाने भो सहज सित यो प्राण पवन
न सक्छु यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशु न त छ अरु क्यै जीवन गति
कठै कस्तो पापी कति कुपित औ क्रुर नियति।।
**
दया हो पृथ्वीको अति चहकिलो पारसमणी
दया नै हो कालो भव जलधीको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज!किन हिंसा तिर झुक्यौ?
म मर्ने हुँँ मर्छु, तर तिमी नराम्रो सित चुक्यौ।।
**
(कवि शिरोमणी लेखनाथ पौड्यालद्वारा रचना गरिएको यो कविता शीखरिणी छन्दमा छ। )
5 comments:
very emotional poem
शिकारीको झम्टा तन बिच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरिकन कठै!व्याकुल बनी।
म मर्ने बेला भो तर मनुज! तिम्रो मनुजता
कता भाग्यो,त्यस्को भरसक गरे है तिमि पता।।
**
दुवै भाले पोथी हरबखत पालो गरिगरी
लगीदिन्थ्यौं चारा बिकल बचराको मुख भरी।
अकेली सुत्केरी!अब शिवहरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरि टुहुरा पालन गरी?
**
न सक्छौ यो आँसू टप टप टिपी चप्प पिउँन
न सक्छौ मासूले दिनभर अघाएर जिउँन।
न सक्छौ यो भुत्ला लिइकन कुनै बस्त्र सिउँन
चुँड्यौ व्यर्थै मेरो मनुज! तिमिले जीवन किन?
**
न चाँडो जाने भो सहज सित यो प्राण पवन
न सक्छू यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँसू न त छ अरु क्यै जीवन गति
कठै कस्तो पापी कति कुपित औ क्रुर नियति।।
**
दया हो पृथ्वीको अति चहकिलो पारसमणी
दया नै हो कालो भव जलधिको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज!किन हिंसा तिर झुक्यौ?
म मर्ने हूँ मर्छू, तर तिमि नराम्रो सित चुक्यौ।।
**
कवि शिरोमणि लेखनाथ पौड्याल
यसो हुन्छ यो शिखरिणी छन्दमा भए
माथि राखिएको छन्द भङ्ग छ यद्यपि व्याकरण सही छ
तर लेखनाथ पौड्याल को पालाको व्याकरण र अहिलेको व्याकरण निकै भिन्न भएको कारणले व्याकरण अशुद्ध भएको हो
यद्यपि छन्द भने शुद्ध छ
सच्याइदिनु होला!
वाह गज्जब!
शिकारीको झम्टा तन बीच परेथ्यो जब अनि
चरी बोल्यो चीँ चीँ गरीकन कठै!व्याकुल बनी।
म मर्ने बेला भो तर मनुज! तिम्रो मनुजता
कता भाग्यो,त्यस्को भरसक गरे है तिमी पता।।
**
दुवै भाले पोथी हरबखत पालो गरी गरी
लगिदिन्थ्यौं चारा बिकल बचराको मुख भरी।
अकेली सुत्केरी!अब शिवहरे दीन बिचरी
गुजारा गर्ली त्यो कसरी टुहुरा पालन गरी?
**
न सक्छौ यो आँशु टप टप टिपी चप्प पिउँन
न सक्छौ मासुले दिनभर अघाएर जीउँन।
न सक्छौ यो भुत्ला लिइकन कुनै बस्त्र सिउँन
चुँड्यौ ब्यर्थै मेरो मनुज! तिमीले जीवन किन?
**
न चाँडो जाने भो सहज सित यो प्राण पवन
न सक्छु यो बाधा सहन अथवा शान्त रहन।
न थामिन्छन् आँशु न त छ अरु क्यै जीवन गति
कठै कस्तो पापी कति कुपित औ क्रुर नियति।।
**
दया हो पृथ्वीको अति चहकिलो पारसमणी
दया नै हो कालो भव जलधीको मुख्य तरणी।
दया त्यस्तो त्यागी मनुज!किन हिंसा तिर झुक्यौ?
म मर्ने हुँँ मर्छु, तर तिमी नराम्रो सित चुक्यौ।।
सही कमेन्ट
Post a Comment