Saturday, January 14, 2017

चोखो मायाँ

मिर्मिरेमै आँखा मिच्दै बन-पाखा जान्थ्यौँ
चौतारीमा भारी बिसाइ मायाँप्रीती साट्थ्यौँ।
** 
उमङ्गमा कैले हाँस्थ्यौं कैले  रिसाउँथ्यौँ
आँखा आँखा जुधाएर मायाँ मिसाउँथ्यौँ!
**
आज पनि मेरो गाउँ कतै उस्तै छ कि?
चोखो मायाँ अहिले पनि त्यहाँ पोखिन्छ कि?
**
जनवरी १४, २०१७ 
मासाचुसेट्ट्स  




No comments: