च्याहाँ गर्दै आँखा खोली धर्ती जब छोएँ
यै भाषामा पेट भर्न आमा सामू रोएँ।
कोमल मेरो शरीरमा नरम हातले छुँदा
'बाबू' भनी चुम्मा गर्दा कस्तो भयो होला?
**
बोल्न सिकें, ताते ताते गर्दै हिंड्न सिकें
आमासँग आँखा जुधाइ बात गर्न सिकें।
त्यही भाषा अहिले सम्म बोल्दै लेख्दैछु
ठेस लाग्दा 'ऐया, मरें आमा!' भन्दैछु!
**
जनवरी ०१,२०१७
Massachusetts, USA
No comments:
Post a Comment