(यो कथा कसैको जीवनसँग मेल खाएमा संयोगमात्र ठहरिनेछ!)
डाँडाघरे माइलोलाई चिट्ठा परेछ
साहूबाट ऋण खोजी बिदेश हिंडेछ।
बा-आमा नि खुशी भए छोरो बिदेश
जाँदा
ऋणबाट मुक्त हुने धोको थियो ताजा।
त्यो छोरोले महिनैपिच्छे पैसा
पठायो
साहूको ऋण पनि तिर्यो घरबार बचायो।
बा-आमालाई फोन गर्थ्यो के छ खबर्
भनी
चिन्तै नगर् बाबू,हामी ठीक् छौं
भन्थे तिनी।
पसिनाको कमाईले धन-सम्पत्ति थप्यो
बा-आमाको शान अब अलिकति बढ्यो।
अभाव भन्ने रहेन क्यै सबै भए खुशी
अब भने भन्न थाले यै हो जिन्दगी।
बिहा गर्न आइज बाबू भने बा-आमाले
छोरो भन्छ यतैतिर बिहा गरें मैले।
रिसको झोंकमा बर्बराए धेरै तिनीहरू
हामीलाई थाहै नदि' बिहा गरिस्
गोरु!
चिन्ता बढ्यो छोरो अब नफर्कने
भयो
बूढेस्कालको सहारा नि बिदेशमै फस्यो!
बिरामी छन् बूढा-बूढी आमा-बुवा
दुवै
छोरो आफ्नै दैनिकीमा रन्थनिन्छ
उतै।
जिन्दगीमा ठूलै गल्ती गरिएछ भन्दै
छिमेक घुमी हिड्छन् तिनी
ब्यथा सुनाउँदै!
No comments:
Post a Comment