मुखको शल्य-क्रिया गरेकोले लामो समयसम्म बोल्न गाह्रो भएको थियो। अब त अलिक बोल्न सक्ने भएँ; ल आज भने पुतलीलाई फोन गर्नु पर्यो भनेर फोन डायल गरें। मैले 'हेलो' मात्र के भनेको थिएँ, पुतलीले भनी-'तिमी अब त पूरै सन्चो भएछौ, होइन?'
'हँ! तिमीले थाहा पायौ? कसरी नि?'
मैले यति मात्र के भनेको थिएँ-'जब तिमीले शल्य-क्रिया भएको कुरा फेसबूकको स्ट्याटस् मा लेख्यौ; मैले तिमीलाई फोन गर्न लागेकी थिएँ। त्यसैबेला तिम्रो ट्वीट देखें-'म अहिले बोल्न सक्दिन'! त्यसैले मैले फोन गरिन। बिरामी भए पनि कथा र कविता त लेखी नै रहेका रहेछौ नि! मैले तिम्रो ब्लग पनि हेरिरहेकी छु। आजको पोस्टिङ्बाट थाहा पाएँ-अब तिमी पूरै सन्चो भएछौ! बेला-बेलामा फेसबूक र ट्वीटरमा तिम्रो बिषयमा अपडेट गर्दै गर। म पनि यतातिरको खबर त्यहीं लेख्दै गर्छु। ल त, आजलाई बाइ!' यति भन्दै उसले फोन बन्द गरी!
मैले जे सुनाउन पुतलीलाई फोन गरेको थिएँ, त्यो सबै उसैले भनी! मनमनै सोचें - पुतली पनि थाहै नपाई संचार-युगमा प्रवेश गरिछे!

No comments:
Post a Comment