- जागीर खोज्दै निजी अनि बोर्डिङ् स्कूल धाउँदा
- प्रिन्सिपलले अङ्ग्रेजीमा खोट देखाउँदा ।
- अङ्ग्रेजी र अनुभवको खाँचो देखाएर
- कैयौं पटक रित्तै हात फर्काइदिए घर!
- ______________________
- भाग्य खोज्दै डोको भर्दा दूध अडिन्न कि
- एकोहोरो कर्मले नि फल पाइन्न कि !
- कर्म सहि-भाग्य राम्रो भयो भने मात्र
- सोचे जस्तो खोजे जस्तो होला यत्र-तत्र !
- ______________________
- बेंसीबाट लेक हेर्दा आकाश छोए जस्तो
- लेक पुग्दा आकाश अझै पर गए जस्तो!
- प्रयत्न र आकांक्षाको दूरी बढे जस्तो
- जिन्दगीको लामो बाटो रैछ कस्तो कस्तो!!
- ______________________
- वर-पिपलको छहारीमा पीर ब्यथा गाउँदै
- देउरालीको बाटो हिंड्दा पाती चढाउँदै
- काटिएछन् उकाली र ओराली ती धेरै
- जिन्दगीले बाटो मोड्न के लाग्छ र बेरै!
- ______________________
- टाढा हुँदा गाउँघरको याद आउँदो रैछ
- परिवारको सम्झनाले सताउँदो रैछ।
- पर्देशीलाई मुटुभित्र देश दुख्दो रैछ
- नजिकको देउता सधैं हेला हुँदो रैछ!
- ______________________
- दिनभरी ढुङ्गा फोरें हातमा उठे ठेला
- साहूजीको गाली पनि खाएँ बेला-बेला।
- साँझपख साहूजीले ज्याला छैन भने
- भाग्यो नीद खाली पेट बसी तारा गनें।
- ______________________
- सोचे जस्तो,रोजे जस्तो
- हुन्न जीवन खोजे जस्तो!
- हुरीको त्यो पात जस्तो
- समुद्रको छाल जस्तो
- जिन्दगी खै कस्तो कस्तो!!
- ______________________
Now was his time to be the captain of his family boat with the only three crew members in it. It was a nice place of a remote, pristine and calm country. Unfortunately, a time wave lashed his boat very badly taking a crew member away for ever, he always put his effort to sail the five-membered boat towards his destination !
Sunday, March 22, 2015
केही छोटा कविताहरु
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment