Friday, June 6, 2014

हामी बढी सामाजिक हुदैछौं कि कम?

बेडरूमबाट श्रीमानले केछ प्यारी भन्छ 
श्रीमतीले जवाफ दिन्छे फेस्बूक हेरे हुन्छ!
**
पल्लो सिट्मा बोइफ्रेन्ड बस्छ,गर्लफ्रेन्ड ओल्लो-सिट्मा
एउटै बस एउटै अफिस, कुरा गर्छन् च्याट्मा।
** 
पल्लो कोठा बस्ने मान्छे कहिल्यै देखिंदैन
बर्षौं भयो एउटै बसको मानिस चिनिंदैन!
**
दाजु-भाइ, दिदी-बैनी, आमा-बाबु पनि
फेस्बूक खोली सोध्छन् सबै के छ खबर भनी?
**
गाउँघरको च्यान्टेलाई सात-गाउँले चिन्छ
शहरको 'प्याण्टे' भने 'आइप्याड' बोकी हिड्छ!
**
टेक्नोलोजीसंगै हिड्नु आवश्यकै हुन्छ
समाजमा सन्तुलन चाँही मिलाउनै पर्छ!
********

No comments: