आँखामा गाजल चुल्ठीमा फूल साह्रै छ्यौ सुन्दरी।
जुँगाको रेखी आँखामा चस्मा तिमी के कम छौ र !
प्रेम: म हुँ नि प्रेम तन्नेरी केटो मायाँको खोजीमा
आएको उषा तरुनी हेर्न यो हाट-बजारमा!
उषा: कहाँ हो घर के हो नि थर ए प्रेम पुजारी
कस्तो छ खान्दान सोध्नेछन् बाले प्रेमको भिखारी।
प्रेम: सल्यान हो घर, खान्दानी केटो थर हो भण्डारी
शहरमा बस्छु कलेज पढ्छु, तिमी हौ कताकी।
उषा: फुर्तिला रैछौ मन पर्यो मलाई के छ त योजना
दँगाली कान्छी थापाकी छोरी राख है सम्झना।
प्रेम: स्पष्ट बोल्छ्यौ, सुन्दरी रहिछ्यौ कुरो नि मिल्दैछ
तिमीले माने यै बैशाखमा झ्याईं पार्ने बिचार छ।
उषा: बा-आमा सँग नसोधी तिम्लाई के भन्न सक्छु र
भोलि नै मेरो हात माग्न आउ दाङको घरतिर।
प्रेम: तिमीले भने म झर्छु अहिले बा-आमा भेटन
यसमा चिन्ता नगर खप्पिस छू कुरा मिलाउन।
उषा: शहर तिम्ले लैजानु पर्छ बिबाहा गरेछी
बस्दिन म त सल्यानको घरमा दुलही भएछी।
प्रेम: त्यसको चिन्ता नगर पछि अम्रिका जाउँला
आशिष र आबेश दुवैलाई लिई मिचिगन पुगौंला।
उषा: मन मेरो उड्यो कसरी मैले पर्खन सकौंला
पच्चिसौं हाम्रो विवाह-उत्सब त्यै ठाउँमा मनाउँला।
दुवै: सब कुरा पुग्छ देवी र देउता भाकल गरेछी
बैशाखमै हामी झ्याई पार्नुं पर्छ देखाई ज्योतिषी।
(NOTE: यो गीती-कबिता झ्याउरे-छन्दमा लेखिएको छ। श्री प्रेम भण्डारी र श्रीमती उषा भण्डारीको २५ सौं बिबाहोत्सबमा आन-आर्बोरमा पढेर सुनाइएको हो!)
No comments:
Post a Comment